गाउँ सहर
ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरकाे निधन
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | ११:२४:०० मा प्रकाशित

कपिलवस्तु । ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हाे । बाणगंगा नगरपालिक- १ पिपराका अनुराग पाण्डेकाे दुर्घटनामा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिएका छन् । उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजर समेत थिए ।
बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको प्रहरीले जनाएकाे छ । मंगलबार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते भएका छन् । पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस