कांग्रेस महाधिवेशन : १६ जिल्लाको अधिवेशन पुस २७ गते
- गाउँ सहर संवाददाता
- १३ पौष मंगलबार, २०७८ | ११:२५:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेसको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ ।
कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी गराएको छ ।
महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमितिले पदभार ग्रहण गरिसक्दा विवादका कारण प्रदेश २ का ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन रोकिएको थियो ।
अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाकै अधिवेशन पुस २७ गते पृथ्वी जयन्तीका दिन गर्ने निर्णय भएको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा अधिवेशन हुन सकेको छैन ।
यस्तै, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको अधिवेशन हुन बाँकी छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस