गाउँ सहर

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हाे । कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको साेमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी बताएकाे छ ।

गाउँ सहर संवाददाता