सीपी गजुरेलले राखे पूर्वमाओवादीहरुको एकताका लागि यी तीन शर्त
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १६:५२:०० मा प्रकाशित
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एक हुनुपर्नेमा सकारात्मक रहेकाे बताएका छन् ।
आइतबार शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गजुरेलले त्यसका लागि नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनले केही शर्त पूरा गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘यदि साँच्चै नै पूर्व माओवादी एकजुट हुने हो भने त्यसका लागि केही आधार तयार गरौं ।’ पूर्व माओवादी एकजुट हुने हो भने जनयुद्ध सुरु गर्नुभन्दा अघिको केन्द्रीय समिति बैठकमा जाहेर गरेको प्रतिवद्धतालाई पुनःस्थापित गर्नुपर्ने उनको भनाइ छ ।
दोस्रो सर्तका रुपमा उनले भने, ‘जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अझै पनि अधुरो छ । नेपाललाई जनगणतन्त्र बनाउन अघि बढौं, तपाईहरु यो महाधिवेशनबाट त्यो पारित गर्नुस् ।’ तेस्रो सर्तका रुपमा उनले राष्ट्रिय स्वाधिनताका विषयमा केही महत्वपूर्ण निर्णय गर्न सुझाव दिए । उनले खुलेरै भने, ‘एमसीसी खारेज गर्न जोड लगाउनुस् ।’
नेपालले गुमाएका भू-भाग नक्सामा हासिल गरे पनि वास्तविक रुपमा हासिल गर्न नसकेको भन्दै उनले नेपालले गुमाएका सबै भूभाग फिर्ता गर्न प्रतिवद्धता जाहेर गर्न पनि उनले सुझाव दिए । त्यसपछि मात्र एकताका लागि बहस गर्ने ढोका खुल्ने उनको भनाइ छ ।
महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै गजुरेलले जनयुद्धपूर्वको केन्द्रीय समितिले गरेका प्रतिबद्धता स्मरण गर्न आग्रह गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस