सीपी गजुरेलले राखे पूर्वमाओवादीहरुको एकताका लागि यी तीन शर्त
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १६:५२:०० मा प्रकाशित

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरु एक हुनुपर्नेमा सकारात्मक रहेकाे बताएका छन् ।
आइतबार शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गजुरेलले त्यसका लागि नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनले केही शर्त पूरा गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘यदि साँच्चै नै पूर्व माओवादी एकजुट हुने हो भने त्यसका लागि केही आधार तयार गरौं ।’ पूर्व माओवादी एकजुट हुने हो भने जनयुद्ध सुरु गर्नुभन्दा अघिको केन्द्रीय समिति बैठकमा जाहेर गरेको प्रतिवद्धतालाई पुनःस्थापित गर्नुपर्ने उनको भनाइ छ ।
दोस्रो सर्तका रुपमा उनले भने, ‘जुन लक्ष्य राखेर जनयुद्ध गरेका थियौं, त्यो लक्ष्य अझै पनि अधुरो छ । नेपाललाई जनगणतन्त्र बनाउन अघि बढौं, तपाईहरु यो महाधिवेशनबाट त्यो पारित गर्नुस् ।’ तेस्रो सर्तका रुपमा उनले राष्ट्रिय स्वाधिनताका विषयमा केही महत्वपूर्ण निर्णय गर्न सुझाव दिए । उनले खुलेरै भने, ‘एमसीसी खारेज गर्न जोड लगाउनुस् ।’
नेपालले गुमाएका भू-भाग नक्सामा हासिल गरे पनि वास्तविक रुपमा हासिल गर्न नसकेको भन्दै उनले नेपालले गुमाएका सबै भूभाग फिर्ता गर्न प्रतिवद्धता जाहेर गर्न पनि उनले सुझाव दिए । त्यसपछि मात्र एकताका लागि बहस गर्ने ढोका खुल्ने उनको भनाइ छ ।
महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै गजुरेलले जनयुद्धपूर्वको केन्द्रीय समितिले गरेका प्रतिबद्धता स्मरण गर्न आग्रह गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस