साताकाे पहिलाे दिन शेयरबजार हरियाली, ७० अंकले बढ्दा ५ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १५:१४:०० मा प्रकाशित
काठमाडाैं । नेप्सेमा साताको कारोबारकाे पहिलो दिन आइतबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको हो ।
त्यसैगरी, कोरोबार रकममा पनि बृद्धि भएको छ । आज ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ । बिहिरबार नेप्सेमा करिब साढे चार अर्बको कारोबार भएको थियो ।
आज २९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा १५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेकाे नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३२ करोड ७ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
प्रतिकृया दिनुहोस