डुंगामा आगलागी हुँदा बंगलादेशमा ३७ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १२:३७:०० मा प्रकाशित

एजेन्सी । डुंगामा आगलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । बंगलादेशको सुगन्धा नदीमा यात्रु बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको हाे । उक्त दुर्घटना झलकोटी जिल्लामा भएको हो । बरिसालका डिभिजनल कमिश्नर सैफुल हसनले घटनाको पुष्टि गरेका छन् । उनका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने देखिन्छ ।
‘एमभी अभियान’ नामको डुङ्गा राति ढाकाबाट बरगुना जान लागेको सैफुल हसनले जानकारि दिएका छन् । झलकोटी जिल्ला पुग्ने क्रममा सुगन्धा नदीमा रहेको डुंगाको इन्जिनमा बिहान आगलागी भएको थियो । घाइतेहरुलाई बारिशाल सदर अस्पताल र स्थानीय अस्पतालमा भर्ना गरिएको र उद्धार कार्य जारी रहेको जनाइएकाे छ ।
आगलागी कसरी भयो भन्ने बारे अधिकारीहरूले अहिलेसम्म कुनै जानकारी दिएका छैनन् । झलकोटीका एक स्थानीय बिहान ३ः३० बजे डुंगामा आगलागी भएको जानकारी प्राप्त भएको बताएका छन् । धेरै यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका छन् । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस