शेयरबजार परिसूचक बढेपनि काराेबार रकम बढ्न सकेन
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १५:३८:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । निरन्तर घटिरहेकाे बजारमा आज भने हरियाली छाएको छ ।
यस दिन नेप्से सूचक ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ११.३४ अंकले बढेको छ । बढेकाे नेप्सेमा काराेबार रकम भने बढ्न सकेन ।
आज दुई अर्ब ३८ करोड ३२ लाख बराबरको कारोबार सिमित भएको छ ।
यस दिन तीन कम्पनीको शेयर उच्च मूल्यमा कारोबार भएको छ । मंगलबार ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको ९.८१ प्रतिशत, रसुवागढि हाइड्रोपावरको ९.२१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ८.२६ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको आज १४ करोड ५८ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस