ओमिक्रोनबाट पहिलो मृत्युु
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | ११:३५:०० मा प्रकाशित

एजेन्सी । अमेरिकामा ओमिक्रोनबाट पहिलो मृत्युु भएको छ । अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वाजनिक भएको हो । स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज लगाएका थिएनन् ।
कोरोनाको नयाँ भेरियन्ट विश्वभरीमा तीव्र रुपमा फैलिरहेको छ । अमेरिकामा यसले अराजकता मच्चाउन थालेको छ । सोमबार यो नयाँ भेरियन्टबाट पहिलो मृत्युको पुष्टि भइसकेको छ । ७३ प्रतिशत कोरोनाको बिरामीमा ओमिक्रोनको संक्रमण भएको पाइएको छ । यो आंकडा केबल एक साताको अवधिमा तीव्र दरमा फैलिएकाले खतरा मानिएको छ । गत सातामा ३ प्रतिशत कोरोनाको बिरामीमा मात्रै ओमिक्रोनको संक्रमण देखिएको थियो । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार अमेरिकामा एक साताको अवधिमा ओमिक्रोनको मामिलामा ६ गुणाले वृद्धि भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस