गण्डकी प्रदेशका ११ जिल्लामा ११ लाख बढीलाई कोरोनाविरुद्धको पूरा डोज खोप
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १०:४२:०० मा प्रकाशित
काठमाडाैं । गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मका तथ्याङ्कानुसार १४ लाख ७२ हजार ३८७ जनाले पहिलो मात्रा र सो सङ्ख्यामा पूरा डोज खोप लिएका छन् ।
सरकारले कोरोनाविरुद्ध लड्नका लागि खोप प्रभावकारी हुने भएपछि प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ । कास्कीमा कोरोना खोपको पहिलो मात्राभन्दा पूरा डोज लिनेको सङ्ख्या बढी छ । तीन लाख ७४ हजार ५५४ जनाले पहिलो मात्रा र तीन लाख ८६ हजार ४१४ जनाले पूरा मात्रा खोप लगाएका छन् । तनहुँमा एक लाख सात हजार ९४३, नवलपरासीमा एक लाख दुई हजार ५८ र स्याङ्जामा एक लाख २४ हजार ५८६ जनाले पूरा मात्रा खोप लिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिएका छन् ।
यसैगरी गोर्खामा ९८ हजार ९३१, म्याग्दीमा ५१ हजार ४७१, लमजुङमा ८७ हजार ८०२, पर्वतमा ६० हजार ७४६, बाग्लुङमा ७४ हजार ५८, मुस्ताङ १३ हजार ५८७ र मनाङमा चार हजार ६१२ जनाले पूरा मात्रा खोप लिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका कास्की र बागलुङबाहेकका नौ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि पुस गतेसम्म १४ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा खोप अभियान सञ्चालन गरिएको छ । तोकिएका सामुदायिक र संस्थागत विद्यालयमा लगाउन सुरु गरिएको निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । यस अभियानमा पहिलो मात्र लगाएकालाई आगामी माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा दिने कार्यक्रम छ ।
मोर्डना खोप अभियानमा लक्षित सङ्ख्या एक लाख ८५ हजार २९८ रहेकामा एक लाख ९४ हजार ४५० डोज खोप प्राप्त भएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म तीन लाख ५४ हजार ८४० जनाको कोरोना परीक्षण गरिएकामा ८८ हजार २८३ जनाको सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म ८६ हजार ७०९ जना निको भएका छन् । सङ्क्रमणबाट एक हजार ४२५ को निधन भएको जनाइएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस