पूर्वाधार
महालक्ष्मी विकास बैंकका खातावालालाई ॐ चाबहिल डेन्टल हस्पिटलमा विशेष छुट
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १६:२४:०० मा प्रकाशित

काठमाडाैं । ॐ चावहिल डेन्टल हस्पिटल र महालक्ष्मी विकास बैंकबीच सेवा सम्झाैता भएकाे छ । सम्झौता पत्र हस्ताक्षरमा महालक्ष्मी विकास बैंकका कर्मचारी र साे बैंकमा खाता भएका खातावालाहरुलाई हस्पिटलले दाँत उपचारमा २० प्रतिशत छुट दिने सम्झाैता भएकाे छ ।
सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका तर्फबाट चन्द्र खड्का र ॐ चाबहिल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष कृष्ण घिमिरे तथा प्रबन्ध निर्देशक अनिल कुमार शर्माले हस्ताक्षर गरेका छन् ।
हस्पिटलकाे चाबहिल र काेटेश्वर दुवै ठाउँबाट खातावालाहरुलाई हस्पिटलले छुट दिने प्रबन्ध निर्देशक अनिल कुमार शर्माले जानकारी दिए ।
सम्झाैतापछि महालक्ष्मी विकास बैंकका खातावालाहरूले आवश्यक सेवा लिन सक्ने हस्पिटलका अध्यक्ष कृष्ण घिमिरेले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस