राजनीति

माओवादी केन्द्रको वागमतीमा निर्वाचन हुँदै, मतदाता नामावली प्रकाशन सूचीसहित)

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेशमा निर्वाचन हुने भएको छ । माओवादीले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरे पनि असफल भएपछि आज निर्वाचन हुन लागेको हो ।

माओवादीले प्रदेश सम्मेलनका लागि ५ सदस्यीय निर्वाचन समिति बनाएको छ । निर्वाचन गर्नका लागि मतदाता नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो । निर्वाचन समितिका अनुसार केही समयमा उम्मेदवारी मनोनयन गर्ने र आजै निर्वाचन गरनउजे तयारी छ ।

अध्यक्षका लागि सिन्धुपाल्चोकका सरल सहयात्री र काभ्रेका दिनानाथ गौतम चुनावी प्रतिस्पर्धामा छन् । विधानमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारीको ब्यवस्था छ । माओवादीले पुस ११ देखि १३ गतेसम्म पार्टीको काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

गाउँ सहर संवाददाता