गाउँ सहर

ट्रकले ठक्कर दिँदा छात्रकाे मृत्यु

काठमाडाैं । ट्रकले ठक्कर दिँदा एक छात्रको मृत्यु भएकाे छ । लालबन्दी नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज बिहान मृत्यु भएको हाे ।

मृत्यु हुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको जनाएकाे छ ।

गाउँ सहर संवाददाता