अर्थतन्त्र

सिटिजन लाईफ धरान शाखाले गर्‍याे विद्यालयमा न्यानो कपडा बितरण

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स धरान शाखाले विद्यार्थीहरुलाई न्यानाे कपडा बितरण गरेकाे छ । 

दीपावलीमा देउसी भैलाे खेलेर संकलन गरेकाे रकमबाट स्वेटर खरिद गरि बितरण गरिएकाे सिटिजन लाइफ इन्स्योरेन्स धरान शाखा प्रमुख खगेन्द्र तोलाङले जानकारी दिए । 

सिटिजन परिवार, सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, सम्पूर्ण सिटिजन लिडर्सहरूले देउसी भैलोबाट संकलित रकमबाट धरान -१७ स्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयका १०५ जना विद्यार्थीहरुलाई न्यानो कपडा र जुस वितरण गरिएको तोलाङले बताए ।

देउसी भैलाेमा नर्वदा श्रेष्ठ, केशरी राई, बन्दना राई, जमुना चौहान, राज्यलक्ष्मी श्रेष्ठ, तिलकबहादुर राई, तिर्था राई, सिता राई (मेवाहाङ), उमेश राई (मेवाहाङ), मिन्जी शेर्पा (मेवाहाङ), राकेश मेवाहाङ, प्रेमकुमार श्रेष्ठ, निहारिका लिम्बू, मन्जु राई, सुस्मा राई, सुसना राई, एलिबुङ राई रहेको शाखा प्रबन्धक तोलाङले बताए ।

न्यानाे कपडा बितरणमा सिटिजन लाइफका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

गाउँ सहर संवाददाता