संसद अधिवेशनबाट एमसिसी चाँडो अनुमोदन गर्न नेपाललाइ पुनः आग्रह
- गाउँ सहर संवाददाता
- १ पौष बिहीबार, २०७८ | ११:०८:०० मा प्रकाशित
काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई प्रस्तावित एमसिसी सम्झौता छिटो पारित गर्न फेरी आग्रह गरेको छ ।
गत मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एकसिसी सञ्चालक समितिकाे बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः आग्रह गरेको हो ।
हिजाे एमसिसीले जारी गरेको विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग परियोजनासम्बन्धी सम्झौता चाँडो पारित गर्न सञ्चालक समितिले नेपाल सरकारलाई आग्रह गरेको उल्लेख छ ।
एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । एमसिसीलाई लिएर नेपालमा लगातार विरोध हुँदै आएको छ । गत मंगलबार सुरु भएको संसद अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरिएको छ । तर दलहरुबीच अझैसम्म एमसिसीलाई लिएर सहमति जुट्न सकेकाे छैन ।
यही परिवेशमा एमसिसी सञ्चालक समितिको त्रैमासिक समीक्षा बैठकमा नेपालमा एमसिसी सम्झौतालाई लिएर भइरहेको प्रगतिबारे छलफल भएको हो । नेपाल सरकारले एमसिसी कम्प्याक्ट चाँडो अनुमोदन गर्ने भनी जनाएको प्रतिबद्धतालाई ‘नोट’ गर्दै सञ्चालक समितिले जति सक्दो छिटो पारित गर्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमसिसीलाई लिएर पछिल्ला केही महिनामा उच्च अमेरिकी अधिकारीले नेपाल भ्रमण गरेका छन् । यही क्रममा एक महिना पहिले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका थिए । उनले एमसिसी पारित गर्ने–नगर्ने निर्णय नेपालको हातमा रहेको उल्लेख गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस