आज देशभरको मौसम सफा तर चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- २९ मङ्सिर बुधबार, २०७८ | ०७:५३:०० मा प्रकाशित
काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहने भएको छ । तर, देशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूवार्नुमान महाशाखाले जानकारी दिएको छ ।
नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले जानकारी दिएको छ ।
तर, देशभर चिसो बढिरहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको हिजोको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियसमा मापन भएको थियो ।
जुम्ला, जिरी, मनाङ लगायत केही हिमाली जिल्लाको तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। आज पनि मौसम सफा रहने भएकाले तापक्रम थप घट्न सक्ने महाशाखाले अनुमान गरेको छ ।
बुधबार बिहान देशका अधिकांश पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस