नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधि सभाको बैठकमा ६ वटा अध्यादेश पेश, अर्को बैठक पुस ६ गते
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | १५:२४:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधि सभाको बैठकमा ६ वटा अध्यादेश पेश भएका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले सरकारका मन्त्रीलाई केही विधेक पेश गर्न अनुमति दिएका थिए ।
एमालेको नाराबाजीबीच मन्त्रीले विधेक पेश गरेका थिए । विरोधकाबीच प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका छन् । यस्तै मन्त्री बडुले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, रेल्वे अध्यादेश यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गरेका छन् ।
विधेक पेश भएपछि आजका लागि प्रतिनिधि सभाको बैठक सकिएको छ । अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्ने छ । एमालेले सभामुख सापकोटोकाे कार्यशीलैको विरोध गर्दै संसद बैठकमा विरोध गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस