नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधि सभाको बैठकमा ६ वटा अध्यादेश पेश, अर्को बैठक पुस ६ गते
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | १५:२४:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधि सभाको बैठकमा ६ वटा अध्यादेश पेश भएका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले सरकारका मन्त्रीलाई केही विधेक पेश गर्न अनुमति दिएका थिए ।
एमालेको नाराबाजीबीच मन्त्रीले विधेक पेश गरेका थिए । विरोधकाबीच प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका छन् । यस्तै मन्त्री बडुले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, रेल्वे अध्यादेश यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गरेका छन् ।
विधेक पेश भएपछि आजका लागि प्रतिनिधि सभाको बैठक सकिएको छ । अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्ने छ । एमालेले सभामुख सापकोटोकाे कार्यशीलैको विरोध गर्दै संसद बैठकमा विरोध गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस