गाउँ सहर
साथी भेट्न कारागार गएका युवक लागुऔषधसहित पक्राउ
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | १३:२४:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले लागुऔषधसहित एक जनालाइ पक्राउ गरेको छ । जिल्ला कारागार कैलालीबाट युवक लागुऔषधसहित पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय उत्तम सिंहलाई १ सय ८० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
जिल्ला कारागार कैलालीमा रहेको लागुऔषध मुद्दाका बन्दीलाई भेट्न ग्एको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कारागार गेटमा प्रहरीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस