गाउँ सहर
साथी भेट्न कारागार गएका युवक लागुऔषधसहित पक्राउ
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | १३:२४:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले लागुऔषधसहित एक जनालाइ पक्राउ गरेको छ । जिल्ला कारागार कैलालीबाट युवक लागुऔषधसहित पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय उत्तम सिंहलाई १ सय ८० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
जिल्ला कारागार कैलालीमा रहेको लागुऔषध मुद्दाका बन्दीलाई भेट्न ग्एको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कारागार गेटमा प्रहरीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस