कांग्रेस सभापतिको दोस्रो चरणकाे मतदान दिउँसो साढे ३ बजे
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | ११:१०:०० मा प्रकाशित
काठमाडौं । कांग्रेसको सभापति चुनाव पून दिउँसो साढे ३ बजेवाट शुरु हुने भएको छ । सभापतिको पहिलो चरणमा निर्वाचन भिडेका ५ प्रत्याशीमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।
सबैभन्दा वढी मत ल्याएका सभापतिका आकांक्षी शेरबहादुर देउवाले ८२ मत पुराउन नसक्दा निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।
अब देउवा र अर्का प्रत्याशी शेखर कोइरालाकावीचमा चुनाव हुन लागेको हो ।
दिउँसो ३ वजेर ३० मिनेटदेखि निर्वाचन शुरु गर्ने गरी समय तय गरिएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको सभापति चुनावमा अव प्रकशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक देखिएका छन् ।
त्यस्तै, बदर भएको ७७ मतलाई पनि सही प्रयोगमा ल्याउन सक्नुपर्ने देखिएको छ । देउवाका लागि विमलेन्द्र या प्रकशमान मध्ये एकलाई फकाए पनि पुग्ने देखिन्छ भने शेखरलाई यी सबै मिलाउनु पर्ने हुन्छ ।
निधि नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन् । उनले प्रकाशमानसँग टेलिफोन सम्वाद गरेर नेतृत्व परिवर्तनमा जानुपर्ने बताएका छन् । प्रकाशमान फकाउन भने देउवाको दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँण सिंह निवास चाक्सीबारी पुगेका थिए । त्यसलगत्तै शेखर कोइरालाले पनि सिंहसँग भेटवार्ता गरेको बताइएको छ ।
तर सिंहले आफनो टिमका नेताहरुसँग छलफल गरेर मात्रै निर्णय लिइने जवाफ देउवा कोइरालालाई दिएका छन् । सभापतिको पुनः मतदानपछि मात्र अन्य पदाधिकारी तथा सदस्यहरुमा भएको मतदानको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा सभापतिका उम्मेदवारले भने खसेको मतको ५१ प्रतिशत मत अनिवार्य ल्याउनु पर्ने ब्यवस्था छ । त्यसो नभए निर्वाचनमा बढी मत ल्याउने दुई उम्मेदवारकावीचमा पून मतदान हुने ब्यवस्था छ । त्यही आधारमा फेरि देउवा र कोइरालाकाबीचमा निर्वाचन हुन लागेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस