कांग्रेस सभापतिको दोस्रो चरणकाे मतदान दिउँसो साढे ३ बजे
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | ११:१०:०० मा प्रकाशित
काठमाडौं । कांग्रेसको सभापति चुनाव पून दिउँसो साढे ३ बजेवाट शुरु हुने भएको छ । सभापतिको पहिलो चरणमा निर्वाचन भिडेका ५ प्रत्याशीमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।
सबैभन्दा वढी मत ल्याएका सभापतिका आकांक्षी शेरबहादुर देउवाले ८२ मत पुराउन नसक्दा निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।
अब देउवा र अर्का प्रत्याशी शेखर कोइरालाकावीचमा चुनाव हुन लागेको हो ।
दिउँसो ३ वजेर ३० मिनेटदेखि निर्वाचन शुरु गर्ने गरी समय तय गरिएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको सभापति चुनावमा अव प्रकशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक देखिएका छन् ।
त्यस्तै, बदर भएको ७७ मतलाई पनि सही प्रयोगमा ल्याउन सक्नुपर्ने देखिएको छ । देउवाका लागि विमलेन्द्र या प्रकशमान मध्ये एकलाई फकाए पनि पुग्ने देखिन्छ भने शेखरलाई यी सबै मिलाउनु पर्ने हुन्छ ।
निधि नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन् । उनले प्रकाशमानसँग टेलिफोन सम्वाद गरेर नेतृत्व परिवर्तनमा जानुपर्ने बताएका छन् । प्रकाशमान फकाउन भने देउवाको दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँण सिंह निवास चाक्सीबारी पुगेका थिए । त्यसलगत्तै शेखर कोइरालाले पनि सिंहसँग भेटवार्ता गरेको बताइएको छ ।
तर सिंहले आफनो टिमका नेताहरुसँग छलफल गरेर मात्रै निर्णय लिइने जवाफ देउवा कोइरालालाई दिएका छन् । सभापतिको पुनः मतदानपछि मात्र अन्य पदाधिकारी तथा सदस्यहरुमा भएको मतदानको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा सभापतिका उम्मेदवारले भने खसेको मतको ५१ प्रतिशत मत अनिवार्य ल्याउनु पर्ने ब्यवस्था छ । त्यसो नभए निर्वाचनमा बढी मत ल्याउने दुई उम्मेदवारकावीचमा पून मतदान हुने ब्यवस्था छ । त्यही आधारमा फेरि देउवा र कोइरालाकाबीचमा निर्वाचन हुन लागेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रतिकृया दिनुहोस