पहिलो टी–२० मा वेस्टइन्डिज पराजित
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | १०:४७:०० मा प्रकाशित

काठमाडाैं । पाकिस्तानले पहिलो टी–२० क्रिकेट खेलमा वेस्टइन्डिजलाई पराजित गरेको छ । घरेलु मैदान कराँचीमा ६३ रनको जितसँगै पाकिस्तानले तीन टी-२० को शृंखलामा १-० को अग्रता बनाएको हो ।
२०१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १३७ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ३१ रन बनाए । ओडियन स्मिथले २४ रनको योगदान दिए ।
पाकिस्तानका बलर मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । यस्तै शादब खानले ३ विकेट लिए । यसअघि कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।
पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ७८ रन बनाए । यस्तै हैदर अलीले ६८ रनको योगदान दिए । वेस्टइन्डिजका रोमारियो शेफर्डले २ विकेट लिए । अब, दोस्रो खेल मंगलबार हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस