क्रिकेट टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेदरल्याण्ड्ससँग भिड्दै खेल्दै आज
- गाउँ सहर संवाददाता
- २ असार सोमबार, २०८२ | ०८:०४:०० मा प्रकाशित

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ ।
खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण टेलिभिजनमा एक्सन स्पोर्ट्स र एडिआर स्पोर्ट्स च्यानलमार्फत युट्यबुमा हेर्न सकिनेछ ।
यसअघि आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो । १६१ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १२१ रनमा अलआउट भयो ।
नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी-२०आई खेलहरूमा ७ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन छ ।
पछिल्लोपटक नेपाल र नेदरल्याण्ड्स सन् २०२४ जुनमा आईसीसी टी-२० विश्वकपको खेलमा भिडेका थिए जहाँ नेदरल्याण्ड्स विजयी भएको थियो ।
त्यसअघि मार्चमा कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलाको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । फाइनलअघि भएको २ खेलमा भने दुवै टोलीले १-१ जित निकाले ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखला सकिएपछि त्यही टोलीहरूको बीचमा टी-२०आई खेलिएको हो ।
आजको खेल नेपालको १००औं टी-२०आई खेल पनि हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस