खेल
साफ च्याम्पियनसिप : बंगलादेश र पाकिस्तान भिड्दै, पाकिस्तानका लागि जित्नै पर्ने दबाब
- गाउँ सहर संवाददाता
- ४ कार्तिक आइतबार, २०८१ | ०८:३४:०० मा प्रकाशित

काठमाडौँ। साफ महिला च्याम्पियनसिपमा आज (आइतबार) बंगलादेश र पाकिस्तानबीच खेल हुँदैछ। समूह ए मा रहेका पाकिस्तान र बंगलादेशबीचको यो खेल दशरथ रंगशालामा साँझ ५ ३० बजेदेखि शुरु हुनेछ।
पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग ५–२ गोल अन्तरले पराजित भएको थियो भने साविक विजेता बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ।
पाकिस्तानका लागि यो खेल जित्नै पर्ने दबाबमा छ। यस खेलमा हार बेहोरेमा सेमिफाइनलको दौडबाट बाहिरिने सम्भावना रहेको छ।
यसअघि सम्पन्न ६ साफ महिला च्याम्पियनसिपमा भारतले पाँच पटक उपाधि जितेको छ भने पछिल्लो पटक बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस