निधिले आफ्नै क्षेत्रमा कमजोर मत पाए
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | ०८:२५:०० मा प्रकाशित

काठमाडाैं । विमलेन्द्र निधिले आफ्नै क्षेत्रमा कमजोर मत पाएका छन् ।
कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको जारी मतगणनाअन्तर्गत प्रदेश २ र गण्डकी प्रदेशको मतगणना सकिएको छ । १२७५ मत गणना गर्दा विमलेन्द्र निधिले जम्मा १६६ मत मात्रै पाएका छन् । निधिले आफ्नै क्षेत्रमा कमजोर मत पाएका हुन् ।
त्यस्तै, शेरबहादुर देउवाले ५८१, शेखर कोइरालाले ४४२, प्रकाशमान सिंहले ४५ र कल्याण गुरुङले ८ मत पाएका छन् । प्रदेश २ र गण्डकीबाट त्यस्तै ३२ मत बदर भएको छ ।
अहिलेसम्म ३ हजार ७ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस