एमालेले ताेक्याे ७ प्रदेशमा ७ कमाण्डर
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | २०:१७:०० मा प्रकाशित
काठमाडाैं । नेकपा (एमाले)ले प्रदेश कमिटी ईन्चार्जको नामावली टुंग्याएको छ । भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको ईन्चार्ज तय गरेको हो ।
महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को ईन्चार्जमा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, वाग्मती प्रदेशको ईन्चार्ज काशीनाथ अधिकारी, गण्डकी प्रदेशको ईन्चार्जमा पद्मा अर्याल, लुम्बिनी ईन्चार्जमा छविलाल विश्वकर्मा, कर्णाली ईन्चार्ज यामलाल कँडेल, सुदूरश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट रहेका छन् ।
यस्तै एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई दिइएको छ । युवा संघको ईन्चार्ज महेश बस्नेत भएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीलाई स्कुल विभाग प्रमुख र खगराज अधिकारीलाई संगठन विभाग प्रमुख बनाउने निर्णय पनि बैठकले गरेको महासचिव पोखरेलले जानकारी दिए । उनका अनुसार प्रदेश पदाधिकारी र केन्द्रीय नेताहरुको कार्यविभाजन पनि बैठकले गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस