दिगोविकास
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि संख्या कति ?
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १९:५९:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि संख्या बढेको छ ।
चुनावी प्रक्रियामा सहभागी हुनका लागि प्रतिनिधि संख्या ४ हजार ७ सय ४३ जना पुगेको हो । देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको हो ।
यसअघि निर्वाचन समितिले प्रारम्भिक सूची सार्वजनिक गर्दा ४३१९ जना प्रतिनिधिको सूची सार्वजनिक गरेको थियो ।
समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार चार हजार ७४३ जनाको मतदाता नामावली प्रकाशन भएको छ ।
महाधिवेशनको बन्दसत्र अहिले केहिबेरमा सुरु हुँदैछ भने भोलि शनिबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन पत्र दर्ताको कार्यक्रम सुरु हुदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस