गाउँ सहर

लमजुङमा जिप दुर्घटना, ३ जनाको मृत्यु

काठमाडाैं । लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । शिक्षक, विद्यार्थी चढेको ग१ज ६३१७ नम्बरको जिप बिहीबार मर्स्याङ्दी गाउँपालिका-८ भुस्मेमा दुर्घटना भएको हो ।

शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिका वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँमा शैक्षिक भ्रमणका जाँदै थिए । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता