समाज

ताप्लेजुङको मैवाखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार बिहान मैवाखोला गाउँपालिका –६ फाकुम्बाको भित्तेमा गएको पहिरोमा परी अन्दाजी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको हो ।

फाकुम्बाको भित्ते बस्तीमाथि मुढेडाँडाबाट झरेको पहिरोमा पुरिएर लाक्पाखाङ्डु शेर्पाको घर बगाएको छ । बुधबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका लाक्पाखाङ्डु र मिङ्मालाकीको शव दिउँसो पहिरो पन्छाएर निकालिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत