मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु, एक घाइते
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | १४:०६:०० मा प्रकाशित

उदयपुर । मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ पीजी चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हाे । मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका– ११ का ५६ वर्षीय कर्ण सुन्दासको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
असारीबाट गाईघाट आउँदै गरेको प्रदेश १–०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुन्दास घाइते भएका थिए । उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१३ असारी राई चोकका २९ वर्षीय विरेन राई समेत घाइते भएका छन् । उनको पनि न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस