मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु, एक घाइते
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | १४:०६:०० मा प्रकाशित
उदयपुर । मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ पीजी चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हाे । मदन भण्डारी लोकमार्गको पीजी चोकमा पैदल यात्रा गरीरहेका त्रियुगा नगरपालिका– ११ का ५६ वर्षीय कर्ण सुन्दासको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
असारीबाट गाईघाट आउँदै गरेको प्रदेश १–०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सुन्दास घाइते भएका थिए । उनको न्यूरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१३ असारी राई चोकका २९ वर्षीय विरेन राई समेत घाइते भएका छन् । उनको पनि न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस