नेपालमा पनि फेला पर्यो ओमिक्रोन भेरियन्ट
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १३:३७:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो समय विश्वका दर्जनौं देशमा पुगेको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट नेपालमा पनि फेला परेको छ ।
नेपालमा पनि यो नयाँ भेरियन्ट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएका छन् ।
उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनको सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएको हो । अर्का व्यक्ति ७१ बर्षका हुन् ।
हालसम्म ३५ देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । आइतबार मात्रै भारतमा १७ जनामा यो संक्रमण पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई चिन्ताको विषयका रुपमा लिनु पर्ने बताइसकेको छ ।
यसैबीच त्रिभुवन विमानस्थलमा खटिएका एक चिकित्सकका अनुसार पछिल्लो १५ दिनमा विमानस्थलमा भएको एन्टिजेन परीक्षणमा भने कसैमा ओमिक्रोनको संक्रमण देखिएको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस