नेपालमा पनि फेला पर्यो ओमिक्रोन भेरियन्ट
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १३:३७:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो समय विश्वका दर्जनौं देशमा पुगेको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट नेपालमा पनि फेला परेको छ ।
नेपालमा पनि यो नयाँ भेरियन्ट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएका छन् ।
उनका अनुसार संक्रमित मध्ये एक जना ६६ वर्षका छन् । उनको सम्पर्कमा रहेका अर्का एक जनालाई पनि संक्रमण पुष्टि भएको हो । अर्का व्यक्ति ७१ बर्षका हुन् ।
हालसम्म ३५ देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । आइतबार मात्रै भारतमा १७ जनामा यो संक्रमण पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई चिन्ताको विषयका रुपमा लिनु पर्ने बताइसकेको छ ।
यसैबीच त्रिभुवन विमानस्थलमा खटिएका एक चिकित्सकका अनुसार पछिल्लो १५ दिनमा विमानस्थलमा भएको एन्टिजेन परीक्षणमा भने कसैमा ओमिक्रोनको संक्रमण देखिएको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस