इरानमा यात्रा नगर्नू, त्यहाँका नेपालीहरूले तत्काल देश छोड्नू : परराष्ट्र मन्त्रालय
- गाउँ सहर संवाददाता
- १८ माघ आइतबार, २०८२ | १६:३३:०० मा प्रकाशित
काठमाडौं । सरकारले इरानमा यात्रा नगर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार एड्भाइजरी जारी गर्दै इरानमा यात्रा नगर्न आग्रह गरेको हो। त्यस्तै इरानमा रहेका नेपालीहरूलाई तत्काल देश छोड्न आग्रह गरिएको छ।
इरानमा विकसित हुँदै गएको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारले उक्त आग्रह गरेको हो। अवस्था सामान्य नहुँदासम्म इरान जाने सबै योजना स्थगित गर्नसमेत अनुरोध गरिएको एड्भाइजरीमा उल्लेख छ।
त्यस्तै हालः इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकलाई उपलब्ध सबै माध्यम प्रयोग गरी सकेसम्म चाँडो सुरक्षित रूपमा देश छोड्न सरकारले आग्रह गरेको छ। त्यहाँ रहेका नेपाली नागरिकलाई आपतकालीन अवस्थामा सहज रूपमा बाहिरिनका लागि राहदानी, परिचयपत्रलगायत आवश्यक यात्रा कागजात तयारी अवस्थामा राख्न समेत अनुरोध गरिएको छ।
यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले २०२६ जनवरी १३ मा जारी गरेको ट्राभल एडभाइजरीलाई पनि ध्यान दिन आग्रह गरिएको छ। समन्वय तथा थप जानकारीका लागि काठमाडौंस्थित परराष्ट्र मन्त्रालय तथा दोहास्थित नेपाली दूतावाससँग सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस