राजनीति

लावती चौथोपटक केन्द्रीय सदस्य

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता सगुनसुन्दर लावती चौथोपटक केन्द्रीय सदस्य भएका छन् ।

उनी तीनपटक निर्वाचित र एकपटक मनोनित केन्द्रीय सदस्य भएका हुन् ।

नेता लावती अध्यक्ष पदमा निर्वाचित राजेन्द्र लिङ्देन पक्षबाट आइतबार केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

यसअघि उनी राप्रपाको कार्य सम्पादन समिति सदस्य, पार्टीको प्रदेश १ उपाध्यक्ष र पार्टी सचिवालय सदस्यको भूमिकामा रहिसकेका छन् ।

राजनीतिशास्त्रबाट एमफिल गरेका उनी विद्यावारिधीको शोधार्थी हुन् ।

गाउँ सहर संवाददाता