मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | १४:३४:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुको आयोजाना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ । बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ। यसै गरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ ।
यस सँगै, ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि रु २५ हजारको सहयोग गरेको छ । यस साथै ईलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले रु १०,००० को आर्थिक सहयोग गरेको छ । यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परि अपाङ्ग अवस्थामा भएका आँधीखोला गाउँपालिका वडा नं ०६ का पदम बहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि रु १००,००० सहयोग गरेको छ ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस