मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | १४:३४:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संध संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यहरुको आयोजाना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ । बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ। यसै गरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर जस्था सामाग्रीहरु वितरण गरेको छ ।
यस सँगै, ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि रु २५ हजारको सहयोग गरेको छ । यस साथै ईलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले रु १०,००० को आर्थिक सहयोग गरेको छ । यसका साथै बैंकले मोटरसाइकल दुर्घटना परि अपाङ्ग अवस्थामा भएका आँधीखोला गाउँपालिका वडा नं ०६ का पदम बहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि रु १००,००० सहयोग गरेको छ ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस