करिब एक अर्बको आईपीओ खुल्दै
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | १२:४७:०० मा प्रकाशित

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि सारेको छ । कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड बराबरको प्राथमिक सेयर निष्कासनको तयारी थालेको हो ।
कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट गर्ने सम्झौता गरेको छ । शुक्रबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् ।
उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रवन्धको रूपमा सानिमा क्यापिटल छ । उक्त कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतका अधिकारी लगायतको उपस्थिति थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस