पुन: रक्तचन्दनको तेलसहित दुई जना पक्राउ
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | १४:०५:०० मा प्रकाशित
काठमाडौं । प्रहरीले रक्तचन्दनको तेलसहित दुई जनालाइ पक्राउ गरेकाे छ । काठमाडौंबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाइ पक्राउ गरेकाे हाे। रक्तचन्दनको तेलको अवैध कारोबार गरेको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५, पञ्चकुमारी मन्दिरनजिकबाट तेलसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु बस्ने रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भएका २७ वर्षीय रामबहादुर खत्री र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ बस्ने कास्कीको लेखनाथ घर भएका ४० वर्षीय गंगाबहादुर पुन रहेका छन् ।
रक्तचन्दनको तेल प्रतिलिटर नगद पाँच लाख रुपैयाँको दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त तेलसहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको महाशाखाले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस