पुन: रक्तचन्दनको तेलसहित दुई जना पक्राउ
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शुक्रबार, २०७८ | १४:०५:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले रक्तचन्दनको तेलसहित दुई जनालाइ पक्राउ गरेकाे छ । काठमाडौंबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाइ पक्राउ गरेकाे हाे। रक्तचन्दनको तेलको अवैध कारोबार गरेको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५, पञ्चकुमारी मन्दिरनजिकबाट तेलसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको बालाजु बस्ने रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भएका २७ वर्षीय रामबहादुर खत्री र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ बस्ने कास्कीको लेखनाथ घर भएका ४० वर्षीय गंगाबहादुर पुन रहेका छन् ।
रक्तचन्दनको तेल प्रतिलिटर नगद पाँच लाख रुपैयाँको दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त तेलसहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय हात्तीसार पठाइएको महाशाखाले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस