अर्थतन्त्र

शुक्रबार दुइ सयले घट्याे सुनकाे मूल्य

काठमाडाैं । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । शुक्रबार  छापावाला सुनको मूल्य ९१ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजो प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० तोकिएको छ । जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता