‘ओमिक्रोन’ का कारण त्रास फैलँदै जाँदा नौ देशबाट आउने यात्रुलाई प्रवेशमा रोक
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर बिहीबार, २०७८ | १९:३८:०० मा प्रकाशित

काठमाडौँ । नेपाल सरकारले दक्षिण अफ्रिकासहित ८ वटा देश र हङकङ गरी नौ देशबाट आउने यात्रुलाई देश प्रवेशमा रोक लगाएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रुहरु र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।
मन्त्रिपरिषद्मा सहभागी एक मन्त्रीकानुसार ती देशका यात्रुहरुलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेश गर्न अनुमति नदिने निर्णय भएको छ ।
अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण त्रास फैलँदै जाँदा सरकारले ती नौ देशबाट आउने तथा ती देश ट्रान्जिट बनाई आउने यात्रुको प्रवेशमा रोक लगाएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस