‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’, अध्यक्ष पदका उमेद्वारले गरे पत्रकार सम्मेलन
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर बिहीबार, २०७८ | १९:२७:०० मा प्रकाशित

काठमाडौँ । ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ नेपालका विभिन्न स्थानमा रहेका अटो व्यवसायीहरुसँग ध्रुव थापाको प्यानलले आफ्नो छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दै आज दिउँसो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रममा अध्यक्ष पदका उमेद्वार थापाले आफ्नो टीममा रहेका सदस्यका उमेद्वारहरुको परिचय गराएका थिए ।
नाडाका वर्तमान सदस्य तथा थापा प्यानेलबाट उम्मेदवारी दिएका कपिल शिवाकोटीले संचालन गरेको कार्यक्रममा नाडाको नयाँ निर्वाचनले सवल, सक्षम, र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर कामगर्न सक्ने व्यक्तिको खाँचो रहेको बताए ।
कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारलाई स्वागत गर्दै अध्यक्ष पदका प्रत्याशी थापाले आफ्ने टीमको प्रतिवद्धता सार्वजनिक गर्दै आफ्नो टीममा रहेका सदस्यहरुको व्यवसायीक क्षमताको विषयमा प्रकाश पारेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस