पशुपति मन्दिर परिसरमा मांस-मदिरा र गाँजा विक्री तथा सेवन गरे कारवाही
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर बुधबार, २०७८ | १५:२९:०० मा प्रकाशित

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीले बुधबार सूचना जारी गरेर भोलि १६ मंसिरमा पर्ने बाला चतुर्दशी पर्वका दिन पशुपतिनाथ मन्दिर परिसरमा पितृको सम्झनामा रातभर जाग्राम बसी बत्ती बाल्ने कार्यक्रम रहेको जानकारी गराउँदै मन्दिर परिसरमा मांस–मदिरा तथा नशालु पदार्थको बिक्री–वितरण तथा सेवन नगर्न/नगराउन अनुरोध गरेका हुन् ।
साथै, सूचनामा उल्लेख भएकोभन्दा विपरित क्रियाकलाप भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।
बाला चतुर्दशीको दिन रातभर जाग्राम बसी बत्ती बाल्ने र भोलिपल्ट बिहान बाग्मती नदीमा बत्ती विसर्जन गरी पशुपति क्षेत्रका मठ–मन्दिर, देवालय, शिवालय, कैलाश चौर, मृगस्थली, मृगवटिकाको भागलभुगल महादेव लगायका स्थानहरुमा सद्वीज छर्ने कार्यक्रम रहेको जारी सूचनामा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस