पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार, सदस्य–सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा
- गाउँ सहर संवाददाता
- ८ असार आइतबार, २०८२ | १८:३७:०० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको ठरह गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेकामा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, तत्कालीन निमिक्त उप–निर्देशक एवं हालका उप–निर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उप–निर्देशक सीताराम रिसेल, इन्जिनियर पशुपति ठाकुर, इन्जिनियर डेनिस उप्रेती, इन्जिनियर रमेश पुरी र लेखा अधिकृत चन्द्रप्रसाद खनाल छन् ।
यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, इलेक्ट्रिकल विभागका प्रमुख उपप्राध्यापक युवराज अधिकारी, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापा, म्याप इन्टरप्रेनर्स प्रा.लि. काठमाडौं तथा सञ्चालक मनोजप पुरी र यदुनन्दन भट्टराई, एपल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रा.लि. र सोका प्रबन्ध निर्देशक सुरज चापागाईंविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियारले दायर गरेको मुद्दामा सबैजनासँग १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापासमेतका प्रतिवादीहरूको आपसी मिलोमतो तथा योजनामा आफूहरूलाई लाभ र पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थालाई हानि नोक्सानी पुर्याउने वदनियतले १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस