राजनीति

उम्मेदवारी दिने घोषणासँगै महरले सार्वजनिक गरेका १४औँ महाधिवेशनका १४ एजेण्डा

नेपाली कांग्रेसका महासमिति सदस्य नैनसिंह महरले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताए ।

महरले १४औँ महाधिवेशनका १४ एजेण्डासमेत सार्वजनिक गरेका छन् ।

एक व्यक्ति एक पदमा दुई पटकभन्दा बढी रहन नहुने अवधारणा सार्वजनिक गरेका महरले आफू एक पटकभन्दा धेरै कुनै पदमा नरहने घोषणा गरे ।

१४ एजेण्डामा महरले बीपी विचारको समयसापेक्ष कार्यान्वयनदेखि युवा कांग्रेसको स्थापनासम्मका विषय समेटेका छन् ।

महर नेविसंघका पूर्वअध्यक्ष हुन्। उनी डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि पनि छन् ।

नैनसिंह महरले सार्वजनिक गरेका १४औँ महाधिवेशनका १४ एजेण्डा यस्ता छन्:

१. एक व्यक्ति एक पद, दुई पटक मात्र

२. प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता

३. सरकार र पार्टी सञ्चालका लागि थिंक ट्यांकको स्थापना

४. बीपी विचारको समयसापेक्ष कार्यान्वयन

 

 

५. व्यवहार र आचरणमा शुद्धता र आर्थिक पारदर्शिता

६. रूपान्तरणका लागि युवा कांग्रेसको स्थापना

७. नेतृत्वका आवधिक कार्ययोजना महाधिवेशनमै

८. लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व, कुशल व्यवस्थापन

९. योगदानका आधारमा जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान

१०. निशुल्क स्वास्थ्य–शिक्षा, सर्वशुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार

११. लगानीमैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार

१२. विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान

१३. कानुनी राज्य, मानवअधिकार सुशासन र समावेशिता

१४. राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति 

गाउँ सहर संवाददाता

तपाईँको मत