अर्थतन्त्र
सोमबार सुनकाे मूल्यमा सामान्य गिरावट
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | ११:५७:०० मा प्रकाशित
काठमाडाैं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ कायम गरिएको महासंघले जनाएकाे छ ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुनको मूल्य घटेपनि चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस