अल्पविरामको लघुकथा सङ्ग्रह अनुभूतिका रङ्गहरू सार्वजनिक
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर आइतबार, २०७८ | २१:१८:०० मा प्रकाशित
पोखरा । साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
कृतिको लोकार्पण नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गरेका हुन् । आख्यानको एक चोटिलो विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै सरुभक्तले मुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेका बताए । उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उनको भनाइ थियो ।
साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने बताए । उनले लघुकथाले दिने झट्कापूर्ण प्रस्तुतिले यसको लोकप्रियता बढ्दै गएको विचार सुनाए ।
कथाकार अल्पविरामले आफूले विभिन्न लघुकथाकारहरूको लघुकथा पढ्दा पढ्दै लघुकथा लेख्न थालेको अनुभव सुनाए । उनले आफूले समाजमा देखेका र भोगेका विषयलाई लघुकथाका रूपमा प्रस्तुत गरेका भनाइ राखे । उनका यसअघि क्रान्तिकारी हिउँका फूलहरू र ईश्वर छन्÷ईश्वर छैनन् गरी २ कविता सङ्ग्रह तथा टुकीको उज्यालो र मुक्तक शिविर गरी २ मुक्तक सङ्ग्रह प्रकाशित छन् ।
कृतिको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले अल्पविरामले समाजका विविध विषयलाई समेटेर लेखेका लघुकथा अधिकांश पठनीय रहेको बताए ।
लघुकथा प्रतिष्ठान पोखराको पहिलो प्रकाशनका रूपमा प्रकाशित कृति लोकार्पण कार्यव्रmम संस्थाका सचिव कल्याण पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।प्रतिष्ठानका सदस्य रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा सदस्य विष्णु बाँस्तोलाले स्वागत गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस