अल्पविरामको लघुकथा सङ्ग्रह अनुभूतिका रङ्गहरू सार्वजनिक
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर आइतबार, २०७८ | २१:१८:०० मा प्रकाशित

पोखरा । साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
कृतिको लोकार्पण नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गरेका हुन् । आख्यानको एक चोटिलो विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै सरुभक्तले मुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेका बताए । उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उनको भनाइ थियो ।
साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने बताए । उनले लघुकथाले दिने झट्कापूर्ण प्रस्तुतिले यसको लोकप्रियता बढ्दै गएको विचार सुनाए ।
कथाकार अल्पविरामले आफूले विभिन्न लघुकथाकारहरूको लघुकथा पढ्दा पढ्दै लघुकथा लेख्न थालेको अनुभव सुनाए । उनले आफूले समाजमा देखेका र भोगेका विषयलाई लघुकथाका रूपमा प्रस्तुत गरेका भनाइ राखे । उनका यसअघि क्रान्तिकारी हिउँका फूलहरू र ईश्वर छन्÷ईश्वर छैनन् गरी २ कविता सङ्ग्रह तथा टुकीको उज्यालो र मुक्तक शिविर गरी २ मुक्तक सङ्ग्रह प्रकाशित छन् ।
कृतिको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले अल्पविरामले समाजका विविध विषयलाई समेटेर लेखेका लघुकथा अधिकांश पठनीय रहेको बताए ।
लघुकथा प्रतिष्ठान पोखराको पहिलो प्रकाशनका रूपमा प्रकाशित कृति लोकार्पण कार्यव्रmम संस्थाका सचिव कल्याण पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।प्रतिष्ठानका सदस्य रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा सदस्य विष्णु बाँस्तोलाले स्वागत गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस