काभ्रे कांग्रेस सभापतिमा तीर्थ लामा निर्वाचित, मत परिणामसहित
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर आइतबार, २०७८ | १३:३५:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेस काभ्रेको जिल्ला कार्यसमिति सभापतिमा देउवा–सिटौला प्यानलका तीर्थ लामा विजयी भएका छन् ।
पौडेल–कोइराला प्यानलका अच्युत पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा सभापति निर्वाचित भएका हुन् । लामाले १६ सय ४६ मत प्राप्त गर्दा पौडेलले ७७० मत पाएका छन् ।
उपसभापतिसहित पूरै टिम देउवा–सिटौला प्यानल निर्वाचित भएको छ । जिल्ला सभापति बनेका लामा सभापति शेरबहादुर देउवानिकट हुन् । उपसभापतिमा नेता कृष्णप्रसाद सिटौलानिकट रमेश हुमागाईं र ठाकुरप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
सचिवमा सिटौलानिकट माधव ढकाल र देउवानिकट गुणराज मुक्तान निर्वाचित भएका छन् । सहसचिवमा रवीन्द्रनाथ सिक्देल र समीर व्यञ्जु श्रेष्ठ निर्वाचित भएको जनाइएको छ ।
प्राप्त मत
सभापति तिर्थ लामा (१६४६), उप—सभापति ठाकुर प्रसाद न्यौपाने (१४००) र रमेश प्रसाद हुमागाई (१५२३) सचिव गुणराज मुक्तान (१४२०) र माधव प्रसाद ढकाल (१४१०), सह—सचिव रबिन्द्रनाथ सिग्देल (१४१९) र समिर व्याञ्जु श्रेष्ठ (१४५४) रहेको छ ।
सदस्यहरुमा बद्री प्रसाद खकुरेल, यादव प्रसाद सापकोटा, अप्सरा ढुंगाना सिपखान, टुल्कु लामा, दिपेन्द्र पौडेल, सनिता न्यौपाने (बजगाइ), वलराम कोईराला, रामकृष्ण पोखरेल, शिता खनाल, कुवेर सापकोटा, विश्वराम खड्का, अनिता थापा कार्की, भोला प्रसाद भट्टराई, हरिश्चन्द्र अधिकारी, राधिका श्रेष्ठ तिमल्सिना, रामकृष्ण चापागाई, बेद प्रसाद न्यौपाने, इन्दिरा बुडाथोकी, चेत वहादुर लामा, इन्द्रमायाँ लामा रहेका छन् ।
त्यसैगरी हिरा तामाङ, सुनिता तामाङ, दुर्गा प्रसाद अधिकारी, सरिता लामिछाने (लामा), चित्र वहादुर गोले, रिता लामा रुम्वा, कमलराज लामा, लक्ष्मी घिसिंङ लामा, कृष्ण वहादुर लामा, सावित्रि माझी, जगन्नाथ गिरी, बालकृष्ण दाहाल, सन्तोष गौतम, हरीप्रसाद दुलाल, कल्पना ढकाल, तारादेबी आचार्य, रविना पाण्डे बिष्ट, रुपा थापा, कान्छा लामा (थर्कमान), जोगलाल लामा, डिलवहादुर लामा (दिल), बिर वहादुर बम्जन (बिरु), सन्तमान तमाङ, ज्ञानवहादुर लामा, शान्ति लक्ष्मी श्रेष्ठ, सरस्वती श्रेष्ठ, सुजाता लामा, सुन्तलि तितुङ, हिरा कुमारी लामा, ज्ञानि मायाँ तामाङ, धनराज सुर्खेती, जगत बम्जन र राधिका राना मगर रहेका छन् ।
केन्द्रिय सदस्य शिव हुगागाई पक्षधरले तिर्थ लामालाई अगाडी बढाएर चुनावी मैदानमा उत्रिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस