गाउँ सहर
शुक्रबार २७० जनामा काेराेना सङ्क्रमण पुष्टि, ३०२ जना सङ्क्रमण मुक्त
- गाउँ सहर संवाददाता
- १० मङ्सिर शुक्रबार, २०७८ | १६:१७:०० मा प्रकाशित
काठमाडाैं । शुक्रबार देशभर २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३०२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५१८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस