गाउँ सहर

ओली मेरा जेलका साथी हुन् : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको दसौँ महाधिवेशनका लागि बधाई तथा शुभकामना दिएका छन् ।

उनले यसका लागि एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् । उनले नारायणी नदी किनारमा शुक्रबार शुभकामना दिँदै भने- ‘लोकतन्त्रलाई संस्थागत गर्ने यस अभियानमा सबैलाई सहभागी हुन म आग्रह गर्दछु ।’

उनले सबै दलहरुले मुलुकलाई समुन्नति गर्न एउटै लक्ष्य हुनुपर्ने बताए ।

‘हामीबीच विमतिहरुलाई संविधानमार्फतका विधिबाट टुंगो लगाउने पद्धति बसाउनुपर्छ,’ उनले भने।

उनले अध्यक्ष ओलीलगायत बामपन्थी साथीहरु जेलमेट भएको उल्लेख गर्दै भने- ‘भोलिका दिनका कोही नेपालीलाई दुख नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ ।’

गाउँ सहर संवाददाता