सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिको घोषणा
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १५:५७:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बिहीबार एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा वितरित विज्ञप्तिमा उनले पार्टी सुदृढीकरण र आगामी निर्वाचनमा कांग्रेसको बहुमतका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेकोसमेत स्पष्ट गर्न चाहन्छु ।’
उनले कांग्रेसलाई लोकतान्त्रिक पार्टीको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गर्ने, तीनवटै तहको आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ विजयी गराउने, पार्टीमा रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने जस्ता उद्देश्यका साथ उम्मेदवारी दिएको बताएका छन् ।
पाँच दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय निधि कांग्रेसका संस्थापकमध्येका नेता महेन्द्रनारायण निधिका छोरा हुन् । उनी ०२७ सालमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्य भएका थिए। उनी २०७५ सालमा नेपाली कांग्रेसको उपसभापति पदमा मनोनीत भएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस