गाउँ सहर
म सचिवमै दोहोरिन्छु : योगेश भट्टराई
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | १६:०८:०० मा प्रकाशित

काठमाडाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी महाधिवेशनमा पनि आफू सचिव पदमै उम्मेदवार रहने बताएका छन् ।
यसअघि कुन पदमा उम्मेद्धवारी दिने भनेर नखुलाएका भट्टराईले आज भने भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सचिवमै दोहोरिने बताएका हुन् ।
चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले नेकपा एमालेभित्रको समूह नेकपा एमाले नै रहेको समेत बताएका छन् ।
सञ्चारकर्मीहरुसँग उनले भने- ‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।’
उनले एमालेको १० औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस