नयाँ वर्षकाे शुभकामनासँग नेतृत्वलाई महाधिवेशन नटार्न शेखर कोइरालाकाे चेतावनी
- गाउँ सहर संवाददाता
- १ बैशाख सोमबार, २०८२ | ०७:३९:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गरेका छन् ।
नयाँ वर्ष २०८२को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता औँल्याएका हुन् । सन्देशमा नेता डा. कोइरालाले भनेका छन्, “एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ ।”
अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध–२’ ले पाँच दशक अगाडि बिपी कोइरालाले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव दिए ।
उनले भनेका छन्, “हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटि हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठुलो जोखिममा पर्छ ।”
राजनीतिमा देखिएको विकृति विसङ्गतिको उपचारको खोजी पार्टीभित्रबाट खोजिनुपर्ने मान्यता राख्दै आएका उनले नागरिकको विश्वास र भरोसा जित्न पार्टीको अगुवाइमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानको आवश्यकता औँल्याए ।
भ्रष्टाचार, दण्डहीनता र अनियमितता संस्थागत भएर छुट्दै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धीकरण अभियान आवश्यक रहेको बताउँदै नेता कोइरालाले नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस् भनी शुभकामना व्यक्त गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस