खेल

राखेपका पूर्व उपाध्यक्ष टेण्डीको निधन

काठमाडौं । नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।

लामो समयबाट  अस्वस्थ्य रहेका ५० वर्षीय शेर्पाको बुधबार बिहान निधन भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष समेत रहेका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित थिए ।

शेर्पाले आफ्नो रोगको उपचार अमेरिका, भारत र चीनमा गएर गराएका थिए । तर, रोग रोग  भएको थिएन ।  

शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिव समेत हुन्।

गाउँ सहर संवाददाता