गाउँ सहर
पछिल्लाे २४ घण्टामा ३५१ जना संक्रमित थपिए, ९ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | १६:२३:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा ३५१ जना काेराेना संक्रमित थपिएका छन् । संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २७३ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । हाल देशभर ७३०० जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस