प्रधानन्यायाधीशले आजका लागि १० इजलासमा ५९२ मुद्दामा पेशी तोके
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | १२:५१:०० मा प्रकाशित
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज मंगलबारका लागि १० इजलास तोकेका छन् ।
प्रधानन्यायाधीश जबराले आजका लागि एक एकलसहित नौ संयुक्त इजलास तोकेका छन् । दश इजलासमा ५९२ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा.आन्नदमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र डा.कुमार चुडाल, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र हरिप्रसाद फुँयालका लागि संयुक्त इजलास तोक्नुभएको छ । साथै, प्रकाशकुमार ढुंगानाका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस